यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०८०, २५ असार

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९-०८० को ११ महिनाको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति रु.२२८ अर्ब ९८ करोडले बचतमा रहेको बताएको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति रु.१,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको जनाएको छ ।

यसैगरी संघीय सरकारको खर्च रु.१,१७६ अर्ब ७ करोड र राजस्व परिचालन रु.८३६ अर्ब ८५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

पूर्णपाठ:

प्रतिक्रिया