चीनमा बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु
प्रकाशित:
२०८०, २५ असार

काठमाडौं, २५ असार (एजेन्सी) । चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको हो ।
स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणमा परी ज्यान जानेमा तीन जना विद्यार्थी, दुई जना अभिभावक र एक जना शिक्षक रहेको छ । एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ । चीनमा यस्ता खालका आक्रमण निकै कम हुने गरे पनि पछिल्ला वर्षमा भने बढिरहेको खबरमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा