नक्कली शरणार्थी प्रकरण: आरजु देउवाको नाम लिइएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो
प्रकाशित:
२०८०, २४ असार
काठमाडौं, २४ असार । नक्कली भुटानी शरणर्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ ।
कांग्रेस नेतृ देउवाले नक्कली शरणार्थी ठगी प्रकरणमा पैसा लिएको भनेर आफ्नो नाम जोड्दै अडियो सार्वजनिक भएको थियो । त्यसपछि उनले फेक अडियो भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै गत २७ वैशाखमा प्रहरीको साइबर ब्युरोमासमेत निवेदन दिएकी थिइन् ।
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेतृ देउवाको नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियो ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानमा रहेका तुलसीपुर उपमहानगरपालिका–१६ का ३४ वर्षीय सन्देश शर्माको आवाजसँग मेल खाएको बताएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार