सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २४ असार

काठमाडौं, २४ असार (एजेन्सी) । सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको छ । सुडानको राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो ।

देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् ।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ । १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । देशमा चर्किएको द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको बताइएको छ ।

प्रतिक्रिया