निर्णय ‘एनएसके’को नयाँ गीत ‘असारमा पर्ने झरी किन’
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । चर्चित -यापर गायक निर्णय श्रेष्ठ ‘एनएसके’ नयाँ गीत ‘असारमा पर्ने झरी किन’को भिडियो सार्वजनिक भएको छ । शु्क्रबार ललितपुरको पाटनस्थित हेरिटेज रेष्ट्रोमा आयोजित एक कार्यक्रमबीच भिडियो सार्वजनि गरिएको हो ।

नेपालमा हिपहप संगीतका प्रणेतासमेत रहेका श्रेष्ठले आफ्नो नयाँ गीतमा प्रशान्त मिष्ट, सुजन माइकल श्रेष्ठ, सिड बाग्ले, मिराज थापाको आवाजमा सजिएको हिपहप गीतमा संगीत संयोजन डिजे. एलेक्सले गरेका छन् । उक्त गीतको भिडियोमा रसिला कार्कीले अभिनय गरेकी छन् ।

सुदिप शाक्य तथा अन्य चारजना छायांकारद्वारा छायाँकन गरिएको भिडियोमा शैलेन्द्र खोकालीको भिएफएक्स रहेको छ । थाइल्याण्डका केही प्रसिद्ध शहरमा छायाँकन गरिएको भिडियो सार्वजनिक कार्यक्रममा चर्चित गायिका प्राश्ना शाक्य, समाजसेवी÷उत्प्रेरक वल्र्ड रेकड्र्स नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, वरिष्ठ फोटोपत्रकार, वल्र्ड रेकर्डस् होल्डर हरि गोपाल प्रधान, अजय अधिकारी, पत्रकार सिर्जना दुवाल, शिक्षाविद् आयुषा श्रेष्ठ, नव गायिका सदिक्षा भर्तेल, मेलम्ची कार्यपालिका सदस्य दिलबहादुर नेपालीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया