एमालेको अडानका कारण प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण बस्द नबसी स्थगित भएको हो ।

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएको छ । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो । बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । संसद अवरुद्ध हुँदा विधेयक मिटरब्याज सम्बन्धी विधेयक निष्क्रिय भएको छ ।

प्रतिक्रिया