आगामी २ शनिवार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको हो ।

यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९÷८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।

प्रतिक्रिया