एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । राष्ट्रियसभा बैठक असार २४ गते आइतबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार (तेस्रो) दिन पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको हो ।

एमाले सांसदहरुले बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेका थिए । अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गरेका थिए । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि सो बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया