कोशीमा नवनियुक्त मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, सुनुवार र जगेवु बने मन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सानो मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् । माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रतिक्रिया