अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेका हुन् ।

ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् ।

उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनले फिल्म ‘ईन्टु मिन्टु लण्डनमा, मेरी मामु, ‘रानी, नमरी बाचे’ लगायतमा अभिनय गरेका छन् ।

प्रतिक्रिया