एसइईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन जीपीए ?
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने गरेको हो ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धति अनुसार नतिजा प्रकाशित गरेको छ । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ‘जीपीए’ ल्याएका छन् ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । त्यस्तै www.see.gov.np मा गएर नतिजा हेर्ने सकिनेछ । गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया