५ महिनामै सक्रिय राजनीतिबाट बिदा लिएको एलिजाको घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

काठमडौं, २१ असार । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उन्मुक्ति पार्टीमा प्रवेश गरेकी ५ महिनामै राजनीतिबाट बिदा लिएकी हुन् ।

एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको तस्विर सेयर गर्दै सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी दिएका छन् ।

उनले लेखेकी छिन्, ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

एलिजाले मेयर साम्पाङको कामको प्रशंसा गरेको छन् । ‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले लेखेकी छन् । यसका साथै उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।

प्रतिक्रिया