मन्त्री किरातीले सोध्यो क्यानका महानिर्देशकलाई दोस्रोपटक ३ दिने स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

काठमाडौं, २१ असार । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक ३ दिने स्पष्टीकरण सोधेका छन् ।

यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले फेरी स्पष्टीकरण सोधेका हुन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेकोलागयतका आरोप लगाउदै मन्त्री किरातीले सात दिनभित्र जवाफ दिन भन्दै नौं बुँदे स्पष्टीकरण सोधेका थिए ।

तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिएपछि आज मन्त्री किरातीले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? भन्दै स्पष्टीकरण सोधेका हुन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।

प्रतिक्रिया