आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षकै लामो र गर्मीयुक्त दिन हुने
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

काठमाडौं, २१ असार । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने भएको छ । जसका कारण दिन सबैभन्दा लामो र अत्यधिक गर्मी हुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने समितिले जनाएको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुन्छ, यसले गर्दा दिन लामो हुने समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताएका छन् ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मी हुने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । सामान्यतया जुन २१ तारिखलाई वर्षको लामो दिन र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।

प्रतिक्रिया