कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए कैदी
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

बाँके, ३१ असार । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

प्रतिक्रिया