दक्षिण अफ्रिकामा विषाक्त ग्यास लिक हुँदा १६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २१ असार

काठमाडौं, २१ असार (एजेन्सी) । दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित बोक्सबर्गमा यो घटना भएको हो ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेका स्थानीय अधिकारीहरूले बताएका छन् । नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ । ग्यास लिक भएको स्थान अवैध सुन खानी भएको मानिन्छ ।

नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानीद्वारा प्रयोग गरिन्छ । यसलाई जामा जमास भनिन्छ । बक्सबर्गको घना बस्ती भएको क्षेत्रमा एउटा सिलिन्डर बरामद गरिएको छ । त्यसबाट ग्यास लिक भइरहेको थियो ।

सबै मृतकलाई यस स्थानबाट एक सय मिटरको दायरा भित्र फेला परेका थिए । आपत्कालीन सेवाहरूले बीबीसीसँगको कुराकानीमा कसैलाई पनि अस्पताल नलगिएको जानकारी दिए । अझै धेरै जनाको शव फेला पर्न सक्ने आशङ्का गरिएको छ । उद्धार टोली घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया