सिटिजन्स बैंकद्वारा एकैपटक चार प्रदेशमा ४ वटा शाखा विस्तार
अखबार टुडे
प्रकाशित:
२०८०, २० असार

काठमाडौं, २० असार । सिटिजन्स बैंकले ४ प्रदेशमा एकैपटक ४ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र कोशी प्रदेशको संखुवासभा खाँदबारीमा एकैपटक शाखा संचालनमा ल्याएको हो ।

यो सँगै बैंकले १८८ शाखा संचालनमा आएको जनाएको छ । बैंकले शाखा विस्तारलाई महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा लिएको छ । यी शाखाहरूबाट निम्न सेवाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

• लकर सुविधा
• ATM सेवाहरू
• खाता खोल्ने
• नगद जम्मा/निकासी
• अन्तर्राष्ट्रिय रेमिटेन्स भुक्तानीहरू
• इलेक्ट्रोनिक चेक क्लियरिङ
• कथन मुद्रण अनुरोधहरू
• डिमान्ड ड्राफ्ट/SWIFT सेवाहरू
• विदेशी मुद्रा खरिद र बिक्री

प्रतिक्रिया