यसरी हेर्न सकिन्छ एसईईको नतिजा
प्रकाशित:
२०८०, २० असार
काठमाडौं, २० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले बुधबार वा बिहीबारसम्म नतिजा प्रकाशनको तयारी गरेको हो ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । यसपटक पनि ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआर बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।
एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।
एसईईको नतिजा हेर्न सकिने संस्था र तिनको एसएमएसरआईभीआर कोड तथा वेवसाइट :
प्रतिक्रिया