अमेरिकामा फिल्म सुटिङको क्रममा दुर्घटनामा परे शाहरुख खान
अखबार टुडे
प्रकाशित:
२०८०, १९ असार

काठमाडौं, १९ (एजेन्सी) । भारतीय अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकामा एक फिल्मको एक्सन सिनको सुटिङको समयमा शाहरुख दुर्घटनामा परेका हुन् ।

उक्त दुर्घटनामा परी उनको नाक र अनुहारमा चोट लागेको छ । उक्त चोटका कारण उनको सर्जरी गराउनुपरेको समाचारमा बताइएको छ । उनलाई लस एन्जलसको एक अस्पतालमा लगिएको र त्यहाँ माइनर सर्जरी गरिएको हो ।

अहिले शाहरुख ठीकठाक रहेको र खतरामुक्त रहेको जनाइएको छ । चोट सामान्य भए पनि उनलाई केही दिन आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । सर्जरीपछि शाहरुख मुम्बई फर्किएको र आफ्नै घरमा आराम गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया