‘मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ छानिने
अखबार टुडे
प्रकाशित:
२०८०, १८ असार

काठमाडौं, १८ असार । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि प्रारम्भ भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतियोगी चयन गर्ने उद्देश्यले ‘मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ ।

प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवै जनाले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा संचालन हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रा.लिले गर्न लागेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘हेरिटेज पेजेन्टस्’का आयोजक संस्था ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगीताको लागि आधिकारिकता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाण पत्र दिए ।

ईप्लानेटले फेसन कोरियोग्राफर समेत रहेकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक समेत चयन गरेको छ । यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिसनबाट ‘हेरिटेज पेजेन्टस्’का लागि प्रतियोगी छनौट गरि लैजाने गरिएकोमा अबदेखि कार्यक्रम सहित प्रतियोगी चून्ने भएको हो ।

सन् २०१६ देखि नियमित नेपालको सहभागीता रहँदै आएको कार्यक्रममा गतबर्ष अर्थात २०२२ मा माग्रीन आर्टस् मिडिया मार्फत् परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा नेपालको तर्फबाट सहभागीता जनाएका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।

प्रतिक्रिया