
काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेको अस्थायी सरंचना हटाउन निर्देशन दिएको छ । आइतबार ललिता निवासको अवलोकन गर्न पुगेको महानगरको टोलीले सात दिनभित्र अस्थायी संरचना हटाउन सम्बन्धितहरूलाई निर्देशन दिएका हुन् ।
सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अहिले केहीमाथि प्रहरीको केन्द्रीय जाँच ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ भने केहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । यो प्रकरणमा अहिले चार जना प्रहरीको हिरासतमा छन् ।