गूरु-चेला राजु र करणले ल्याए फ्यानहरुलाई समर्पित गीत ‘धन्यवाद’
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । चर्चित गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘धन्यवाद’ गीतको भिडियोमा गूरु–चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।
भिडियो :
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
