गूरु-चेला राजु र करणले ल्याए फ्यानहरुलाई समर्पित गीत ‘धन्यवाद’
अखबार टुडे
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । चर्चित गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘धन्यवाद’ गीतको भिडियोमा गूरु–चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।

भिडियो :

प्रतिक्रिया