आज श्री एअरलाइन्सका सबै उडान स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको हो ।

आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गरी भोलिदेखि नियमित उडान शुरु गर्ने प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले जानकारी दिए ।

श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् । हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाण्डौ नै फर्किएको थियो ।

प्रतिक्रिया