काठमाडौं, १५ असार । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले गृह मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
यो प्रकरणमा पक्राउ परेकामध्ये पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहको हकमा अभिषेक विक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र भाटमटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित बुधबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बाठमाडौंबाट सात जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ ।