दही-चिउरा किन खाने ? यस्ता छन् स्वास्थ्यका लागि फाइदा
अखबार टुडे
प्रकाशित:
२०८०, १५ असार

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन । हिन्दु संस्कृतिमा यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ ।

रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने, शरिरको आलस्य हराउने र शरिर पनि फुर्तिलो ह्न्छ भन्ने मान्यता छ । चिउरा पच्न समय लाग्ने भएकोले रोपाईको समयमा किसान व्यस्त हुँदा छिटो र सजिलोको लागि दही चिउरा खाने चलनको सुरुवात भएको मानिन्छ ।

हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्व हुन्छ । आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।

दही चिउरा खानुको फाइदा
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ । त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ । यसले शरीरमा शीतलता प्रदान गर्छ ।
– गर्मीमा दही पिएर घरबाट निस्किँदा ‘लू’ लाग्ने खतरा पनि कम हुन्छ । मांसपेशी बलियो बनाउँछ । त्यस कारण दही खानु निकै फाइदाजनक मानिन्छ ।
– चिउरा सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेले दहीसँग प्रयोग गर्न सकिन्छ ।
– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ ।
– चिउरामा कार्बोहाइड्रेड भएकाले दहीमा मिसाएर खाँदा शरीरमा शक्ति प्रदान गर्दछ ।
– दहीमा चिउरा मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ ।
– पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ।
– पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।
– दही चिउराको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउने हुन्छ ।
– ढाँड तथा जोर्नीको दुखाइमा नियमित रूपले दही सेवन गर्दा फाइदा पुग्छ ।
– चिउरामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ ।

प्रतिक्रिया