इलाममा एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास
अखबार टुडे
प्रकाशित:
२०८०, १४ असार

काठमाडौं, १४ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका छन् ।

७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका उनीमाथि आक्रमण प्रयास भएको हो ।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए । साथै भट्टराईलाई कालो झण्डा पनि देखाइएको थियो ।

प्रतिक्रिया