आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्बाट बहुमतले पारित
अखबार टुडे
प्रकाशित:
२०८०, १३ असार

काठमाडौं, १३ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो । बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ । मत दिन्न भन्ने सांसदको संख्या शून्य रहेको छ । पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया