रुसले युक्रेनमा ७७ सर्वसाधारणलाई मृत्युदण्ड दिएको खुलासा
अखबार टुडे
प्रकाशित:
२०८०, १३ असार

किभ, १३ असार (एजेन्सी) । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त खुलासा भएको हो ।

युक्रेनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भने, ‘हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।’

प्रतिक्रिया