‘मिस लिटिल एन्जल-२०२३’को कोरोनेशन सेरमनी, टाइटल विजेतालाई नगद पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । कलश ईभेन्टसले ‘लिटिल मिस एन्जल’को चौथौं संस्करणका विजेताका लागि कोरोनेशन सेरमनी आयोजना गरेको छ । हालै सम्पन्न ‘मिस लिटिल एन्जल–२०२३’को शीर्ष विजेता तथा फस्ट रनरअफ र सेकेण्ड रनरअपसहित सवटाइटल विजेताका लागि कोरोनेशन सेरमनी आयोजिना गरिएको कलश ईभेन्टस्का सिईओ सञ्जय महर्जनले बताए ।

कार्यक्रममा ‘मिस लिटिल एन्जल–२०२३’की विजेता विजडम स्कुलमा अध्ययनरत किन्जल नेपाललाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । काठमाडौंको जमलस्थित नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतोले फस्ट रनरअप र यूलेन्स स्कूलका आध्या ढकाल सेकेन्ड रनरअप उपाधि पाएका थिए । उनीहरुलाई उनीहरुलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा ३५ जना प्रतियोगी थिए । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पोषकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीबीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सनौलो अवसर मिलेको बताए ।

प्रतिक्रिया