चिनियाँ अर्बपति ‘ज्याक मा’ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्ने
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक समेत रहेका उनी आज दिउँसो २:३० बजेको फ्लाइटमा नेपाल आइपुगेका हुन् ।

उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको अध्यागमन विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए । ज्याकमासँगै ६ जना पुरुष र एक महिला गरी सातजना नेपाल आएका छन् ।

उनी १५ दिनको टुरिष्ट भिसा लिएर नेपाल आएको विभागले जनाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको पनि बताइएको छ । तर भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया