ललिता निवास प्रकरण : तत्कालीन सहसचिव देउजासहित थप ४ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप ४ जना पक्राउ गरेको छ ।

सीआईबीले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो ।

बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

सीआईबीले अनुसन्धानका लागि केही बेरअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया