उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीले सोध्यो ९ बुँदे स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । पर्यटनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले ७ दिनको अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेको हो ।

अधिकारीमाथि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको, महानिर्देशक भएपछि दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना हुँदा उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल रहेको उनीमाथि आरोप छ ।

यस्तै, सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेकोबारे पनि मन्त्री किरातीले जवाफ मागेका छन् ।

प्रतिक्रिया