ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।
ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी जनाएको छ ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनले मिलोमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । २०७७ सालमा विशेष अदालतले २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार