१४ अर्ब ठगीको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।

शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले पक्राउ गरेको हो । सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको बताइएको छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ ।

प्रतिक्रिया