पशुपतिका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
अखबार टुडे
प्रकाशित:
२०८०, ११ असार

काठमाडौं, ११ असार । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।

एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रुपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।

प्रतिक्रिया