जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो : उपेन्द्र यादव
अखबार टुडे
प्रकाशित:
२०८०, ११ असार

काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै कारण देशभा संघीयता आएको दाबी गरेका छन् ।

आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष यादवले जसपा नभएको भए मुलुकमा संघीयता आउँदै नआउने बताए । उनले भने, ‘नेपालमा संघीयता कहिल्यै आउने थिएन । जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए ।’

यादवले जसपाकै कारण अहिले नागरिकताको समस्या सामाधान भएको पनि बताएका छन् । ‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन,’ उनले भने ।

प्रतिक्रिया