कांग्रेस छियाछिया हुन थाल्यो, कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्छ : शशांक कोइराला
अखबार टुडे
प्रकाशित:
२०८०, १० असार

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताएका छन् ।

आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपाली कांग्रेस छियाछिया भइरहेकाले पार्टीलाई कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’ उनले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले पनि भूमिका खेल्नुपर्ने बताए ।

कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने उनले बताए । उनले ७० वर्ष लगाएर बनाएको संविधानमाथि अहिले प्रहार हुन् थालेको दाबी गर्दै यसकालागि कांग्रेसको भूमिका हुनुपर्छ बताए ।

प्रतिक्रिया