रूसमा नेपाली युवाको सैनिक भर्तीबारे सरकारले नजिकबाट नियालिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रकाशित:
२०८०, ८ असार
काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसमा नेपाली युवाहरूको सैनिक भर्तीबारे सरकारले नजिकबाट नियालिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद सांसद अच्युतप्रसाद मैनालीले रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए ।
उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारकाले नजिकबाट नियालिरहेको बताएका हुन् ।
उनले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाप्रति सरकारको गहिरो ध्यान गएको बताए । पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएको छ ।
प्रतिक्रिया