चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु, सात घाइते
अखबार टुडे
प्रकाशित:
२०८०, ७ असार

काठमाडौं, ७ असार (एजेन्सी) । चीनको उत्तर पश्चिमी भागको निङ्जिया सहरमा बुधवार राति ठुलो ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । यो विस्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो ।

यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी जिनपिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्त्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।

यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा परी १७३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया