प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल
अखबार टुडे
प्रकाशित:
२०८०, ७ असार

काठमाडौं, ७ असार । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान प्रचण्डलाई महासचिव विप्लवले भेटेका हुन् ।

उक्त भेटवार्तामा उनीहरुहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । साथै उनीहरूबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिका भेटमा संक्रमणकालीन न्याय टुंगो लगाउन जोड दिदै आएका प्रधानमन्त्री दाहाल र महासचिव विप्लवले यस भेटवार्तामा कार्यगत एकतासँगै पार्टी एकताको विषयमा छलफल गरेका हुन् ।

प्रतिक्रिया