नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको औँल्याउए । उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधन, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि सङ्घीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, चिस्यान केन्द्रहरू स्थापना गर्ने र पालिकाले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताए । शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया