आजदेखि साफ च्याम्पियनसिप : कमजोर तयारी गरेको नेपालले कुवेतसँग भिड्दै
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

काठमाडौं, ६ असार । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै छ । सन् १९९३ देखि सुरु भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप भारतको बैङ्लुरुमा शुरु हुन् लागेको हो ।

उद्घाटन खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो । फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन् । आमन्त्रित टिमको रुपमा लेवनान र कुवेत छन् । श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन ।

गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेर साबिक उपविजेता बनेको नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘ए’ भारत, कुवेत र पाकिस्तान छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन् ।

यद्यपी नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले कमजोर तयारीका बावजुद नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन् । नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन् ।

नेपालका खेल
नेपाल भर्सेस कुवेत – असार ६– दिउँस ३ः४५ बजे
नेपाल भर्सेस भारत– असार ९– राति ७ः४५ बजे
नेपाल भर्सेस पाकिस्तान– असार १२ – दिउँस ३ः४५ बजे

नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

प्रतिक्रिया