‘टाइटानिक’ जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०८०, ५ असार

काठमाडौं, ५ असार (एजेन्सी) । टाइटानिक जहाजको भग्नावशेष हेर्नका लिगि गएको पनडुब्बी जहाज बेपत्ता भएको छ । एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी बेपत्ता भएको हो ।

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो ।

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेको छ । कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेको छ ।

प्रतिक्रिया