बाढीले भत्काएको दुई दिनमै यसरी थालियो हेवा खोलामा बेलिब्रिज निर्माण
अखबार टुडे
प्रकाशित:
२०८०, ५ असार

काठमाडौं, ५ असार । ३ असारको अविरल बर्षापछि आएको बाढीले क्षति पुरयाएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभएको छ ।

३ असारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिनुभएको थियो ।

मन्त्रीको निर्देशनपछि सोमबारदेखि काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिनुभएको छ । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन्’ पोखरेलले भन्नुभयो ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौ ।’

प्रतिक्रिया