पुष्प र समिक्षा अभिनित शेखरको ‘म त एउटा दिल दुखेको मान्छे’ सार्वजनिक (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, ४ असार

काठमाडौं, ४ असार । साहित्यकार / सर्जक शेखर कोइरालाको नयाँ सांगीतिक कोसेली गजल ‘म त एउटा दिल दुखेको मान्छे’ सार्वजनिक भएको छ । लोकप्रिय गायक राज सिग्देलको स्वर र सगीत रहेको उक्त गजलमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

इजी इन्टरटेन्टमेन्ट (EZZY ENTERTAINMENT) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ’म त एउटा दिल दुखेको मान्छे’ को भिडियोमा अभिनेता पुष्प खड्का र समिक्षा पोखरेलको अभिनय रहेको छ भिडियोलाई धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईं को सिनेमाटो ग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । दर्जन भन्दा बढी गीत रेकर्ड भैसकेका अमेरिकाको पेन्सीलभानिया निवासी रचनाकार शेखर कोइरालाको गीती कविता संग्रह ‘ममता’ सार्वजनिक भैसकेको छ भने गजल संग्रह ‘प्रेमाश्रु’ छिट्टै नै प्रकाशन हुदै छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया