लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सन्राइज बैंकसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित
अखबार टुडे
प्रकाशित:
२०८०, ४ असार

काठमाडौं, ४ असार । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभाले सन्राइज बैंक लिमिटेडसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ । काठमाडौंमा सम्पन्न साधारणसभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया