लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सन्राइज बैंकसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित
प्रकाशित:
२०८०, ४ असार

काठमाडौं, ४ असार । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभाले सन्राइज बैंक लिमिटेडसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ । काठमाडौंमा सम्पन्न साधारणसभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
