गोहीको लिलामी गर्दै नामिबिया सरकार
अखबार टुडे
प्रकाशित:
२०८०, १ असार

काठमाडौं, १ असार (एजेन्सी) । नामिबिया सरकारले ४० वटा गोहीको लिलामी गर्ने निर्णय गरेको छ । गोहीको आक्रमणबाट धेरै नागरिक तथा पशुपछीको भएको भन्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको हो ।

सरकारी अधिकारीहरूका अनुसार देशका धेरै भागमा गोहीको सङ्ख्या बढेको छ र गोहीको सङ्ख्या नियन्त्रण बाहिर गएको छ । धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको उनीहरूको भनाई छ । सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई गोहीका लागि उपयुक्त वासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई मात्र बेचिनेछ ।

प्रतिक्रिया