महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित
प्रकाशित:
२०८०, १ असार
काठमाडौं, १ असार । महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।
बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए । महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी दोषी देखिएपछि उनलाई निलम्बन गरिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार