नाइजेरियामा विवाह समारोहबाट फर्किरहेको डुंगा पल्टिँदा सयभन्दा बढीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ (एजेन्सी) । उत्तरी नाइजेरियामा यात्रुबाहक डुंगा पल्टिँदा सयभन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी क्षेत्रस्थित क्वारा राज्यस्थित नाइजर नदीमा डुंगा पल्टिँदा सो मानिसको मृत्यु भएको हो ।

मृत्यु हुने धेरै जसो महिला र बालबालिका रहेको बताइएको छ । घटनामा कैयौं वेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एग्बोटी गाउँमा विवाह सामारोह सकिएपछि सो विवाहमा समावेश मानिसहरूलाई लिएर फर्किरहेको डुंगा पल्टिएको हो ।

सो डुंगामा दुई सयभन्दा बढी मानिसहरू सवार रहेको बताइएको छ । घटना सोमबार अबेर भएको र निकै ढिला मंगलबार मात्रै थाहा भएको नाइजेरियाका अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया