अर्काको नाममा लोकसेवाको परीक्षा दिने नासु र सह लेखापाल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ का ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि ठाउँका ३० वर्षीय नारायण यादव रहेका छन् ।

जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएको पाइएको छ । सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् ।

सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले बताए ।

प्रतिक्रिया